काठमाडौँ फागुन १८,घ्याल्पो ल्होसार एवम् शेर्पा जातिको नयाँ वर्ष २१४१ का अवसरमा राष्ट्रपति डा रामवरण यादवले ग्याल्पो ल्होसारले सबै नेपालीबीच
सहिष्णुता, समझदारी र बन्धुत्वको भावना अभिवृद्धि गर्न ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायप्रति शुभकामना गर्नुभएको छ ।साथै उहाँले ग्याल्पो ल्होसार पर्वले देशका सबै चाडपर्व, भाषा, वेशभूषा, धर्म, संस्कृति र परम्पराको संरक्षण र सम्बद्र्धन गर्न हामी सबैलाई थप हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।
त्यस्तै उपराष्ट्रपति परमानन्द झाले शेर्पा जातिको महान् पर्व ग्याल्पोे ल्होसारका अवसरमा शुभकामना सन्देश दिँदै संविधानसभामार्फत जनचाहनाअनुसारको लोकतान्त्रिक संविधान निर्माण नै आजको राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ । उहाँले यस अवसरले सबै नेपालीलाई एकताबद्ध गर्दै शान्ति र समृद्धिकोे बाटोमा दृढतापूर्वक अघि बढ्न सबैलाई प्रेरित गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।