बुधबार, मंसिर २०, २०८०
Dashain

काँग्रेस र नेकपा एमालेबीच संविधान प्रमाणीकरण विवादमा सहमति बनाउँन प्रयास जारी

काठमाडौं फागुन २६,  संविधान तयार गरेर प्रमाणित र प्रमाणीकरण कसले गर्ने भन्ने विषयमा प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेबीच हिजो भएको भएको छलफलले कुनै निकास दिन नसकेपछि पुन आज प्रस्तुत प्रसंगमा विद्यमान विवादलाई निरुपण गर्ने भन्दै दुइदलका नेताहरु छलफलका लागि nc & umlतयारीमा जुटेको छ । आज नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच दुईपक्षीय वार्ताबाट मस्यौदामा देखिएको प्रमाणीकरणको विवाद टुङ्गो लगाउने ती दलका नेताहरुले जनाएका छन् ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आईतवारको छलफलमा काँग्रेसका तर्फबाट उपसभापति रामचन्द्र पौडेल, केन्द्रीय सदस्य एवं कानुनमन्त्री नरहरि आचार्य, केन्द्रीय सदस्य आनन्द ढुङ्गाना, रमेश लेखक र जीवन परियार हुनुहुन्थ्यो भने एमालेका तर्फबाट वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष गौतम, सचिव विष्णु पौडेल, नेताहरू भीम रावल र अग्नि खरेलको सहभागितामा भएको छलफलको केहि विषयवस्तु प्रति दुवै दलका नेताहरु सकारात्मक रहेको भन्दै आज हुने दुईदलका शीर्षतहका नेताहरु सहितको छलफलमा सहमति भए आजै संविधानसभा मस्यौदा समितिको बैठक बसेर मस्यौदालाई अन्तिम रुप दिइने तयाी समेत भएको थाहा भएको छ ।

मस्यौदा समितिको बैठक भने अहिले बिहान बोलाइएको छ । संविधान प्रमाणीकरण राष्ट्रपति वा संविधान सभाअध्यक्ष कसले गर्ने रु भन्ने विवादका कारण मस्यौदा बन्न सकेको छैन । नेपाली काँग्रेसले राष्ट्रपतिले प्रमाणीकरण गर्ने भन्ने अडान राखेको छ, एमालेले राष्ट्रपतिले प्रमाणीकरण गर्ने होइन, प्रमाणीकरण गर्ने र प्रमाणित गर्ने सबै काम संविधानसभाल नै गर्नु पर्ने अडानमा रहेका छन । त्यस्तै संविधानसभा नियमावली तयार गर्न गठित ४९ सदस्यीय समितिमा संविधानसभामा ह्विप लगाउने वा नलगाउने, संविधानसभाभित्र दबाबमूलक समूह (ककस) राख्ने नराख्ने तथा संविधान तयार भएपछि कसले प्रमाणित गर्ने र प्रमाणीकरण गर्ने भन्ने विषयमा विवाद देखिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728