काठमाडौँ फागुन २४, मुलुकको विद्यमान ऊर्जा सङ्कटको समाधानका लागि वैकल्पिक ऊर्जालाई तीव्रतर रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र एसियाली विकास बैंकद्वारा संयुक्त रूपमा आज यहाँ आयोजित ‘सबैका लागि ऊर्जा’ विषयक कार्यक्रमका सहभागीहरूले नेपालमा नवीकरणीय ऊर्जाको प्रशस्त स्रोत रहेका छन् तर पनि यसको पूर्ण रूपमा उपयोग गर्न नसकिएको भन्दै उहाँले ग्रामीण क्षेत्रमा विद्युत्लगायतका नवीनतम् ऊर्जाको पहुँच पुग्न नसकेको बताउँनु भएको थियो ।
शुक्रवार राजधानीमा आयोजित उक्तकार्यक्रममा नेपालका लागि डेनमार्ककी राजदूत क्रिष्टिन गेलानले नेपालले नवीकरणीय ऊर्जाको क्षेत्रमा गरेको उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा यस्तो ऊर्जाको प्रयोगलाई बढाएर नेपालमै थप रोजगारीका अवसर सिर्जना गर्न तिर लाग्नुपर्ने बताउनुभयो ।
त्यस्तै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक प्राडा गोविन्दराज पोखरेलले अनुदानको दायरा बढाएर नवीकरणीय ऊर्जामा आधारित नयाँ सम्भाव्य परियोजनाको खोजी, ज्ञान विस्तार र स्तरोन्नतिमा सहयोग पु¥याउने लक्ष्य केन्द्रको लिएको बताउँनु भएको प्रस्तुत कार्यक्रममा नेपाल, चीन, फिलिपिन्स, भारत, म्यानमा, भुटान, पाकिस्तानलगायत १० भन्दा बढी देशका परियोजना विकास विज्ञ, नीतिगत तहका व्यक्तित्वलगायतको सहभागिता रहेको थियो । साथै कार्यशालामा नवीकरणीय ऊर्जा बारेको नयाँ व्यावसायिक योजना, विकासमा देखापरेका चुनौतीलगायतका कार्यपत्र प्रस्तुत गरिएको थिए ।