आइतवार, जेष्ठ १४, २०८०

उमाविका विद्यार्थीलाई मोटरसाइल र स्कुटर चलाउन प्रतिवन्ध

 चितवन फागुन २६, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले उच्चमाध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई मोटरसाइकल र स्कुटर चलाउन प्रतिवन्धbajaj_ Kymco_G3 लगाएको छ । पछिल्लो समय हुने गरेका सवारी दुर्घटनामा उच्चमाध्यमिक तहमा अध्ययनरत विद्यार्थीको सङ्ख्या बढी पाइएपछि कार्यालयले सवारी चालक अनुमतिपत्र भएपनि सवारी साधन चलाएमा कारबाही गर्ने भएको छ ।

कार्यालयले सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्नेहरूमाथि पनि कारबाही थालेको छ । तीव्र गति र मोबाइल फोनको प्रयोगका कारणले सवारी दुघर्टना बढी भएको पाइएपछि कार्यालयले आइतबारबाट अभियान चलाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामचन्द्र घिमिरेले बताउनुभयो । सवारीको चाप बढ्दै गएपछि चितवनमा सवारी दुर्घटना पनि दिनप्रतिदिन बढ्दै गएको छ । दुघर्टना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरी कार्यालयले सवारी चेकजाँच र मापसे नियन्त्रण अभियानलाई तीव्र पारेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728