बुधबार, अशोज १७, २०८०

आज शेर्पा जातिहरूले आफ्नो ऐतिहासिक पवित्र चाड ग्याल्पो ल्होसार मनाउँदै

 काठमाडौं फागुन १८, शेर्पा जातिहरूको ऐतिहासिक पवित्र चाड ग्याल्पो ल्होसार फागुनशुक्ल प्रतिपदाका दिन आज धुमधामसँग देशभर र बिदेशमा पनि बिभिन्न कार्यक्रमकासाथ मनाइँदैछ । यस पर्वमा पहिलो दिन घर, आँगन, बस्ती सफा गरी इष्टमित्र बोलाई, ध्वजापताका टाँगेर बुद्धमूर्ति स्थापना गरी पूजाअर्चना गरी मनाइन्छ । घर र गुम्बामा लामा, मुखियालाई भेला गराइ पूजा, नाचगान, भोज आयोजना गरी मनाइने गरिन्छ ।ल्होसार नेपालका हिमाली  भेकका ठूलो जनसङ्ख्याले मनाउने महत्वपूर्ण चाड हो । खासगरी यो चाड शेर्पा, तामाङ, गुरुङ र भोटेहरूले नयां वर्षका रुपमा मनाइने यस पर्वमा घर–घरमा स्वस्तिक तथा चन्द्र–सूर्यको चित्र कोरी शुभकामना आदानप्रदान गर्ने, मान्यजनसंग आशीर्वाद लिने प्रचलन रहेको छ । यो चाड नेपाल लगायत चीन, मङगोलिया, बर्मा सिक्किम, भुटान लगायत देशमा पनि मनाइन्छगर्दछन् । आजको दिन पूजाका लागी लामा, गाउँको मुखिया लगायतका सम्मानित व्यक्तिलाई बोलाउने र पूजा सकि खानपान र नाचगान गर्ने चलन रहि आएको छ ।

यसैबीच राष्ट्रपति डा रामवरण यादवले ग्याल्पो ल्होसारका अवसरमा शुभकामना सन्देश दिंदै नेपालीबीच सहिष्णुता, समझदारी र बन्धुत्वको भावना अभिवृद्धि गर्न ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सबै नेपालीबीच भ्रातृत्व र एकताको भावना बढाउन यस्ता पर्वहरु महत्वपूर्ण हुने वताउनुभएको छ ।
यसैगरी, उपराष्ट्रपति परमानन्द झा,प्रधानमन्त्री प्रधानमन्त्री सुशील कोइराला एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल,नेकपा (माले)का प्रवक्ता कुमार बेलवासेले लगायत विभिन्न राजनितिक दलका नेताहरुले शुभकामना सन्देश दिंदै शेर्पा जातिको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र समुन्नतिको कामना गर्दै नेपाली विभिन्न जातजातिले परम्परागत रूपमा मनाउँदै आएका चाडपर्वका आआफ्नै विशेषता रहेको उल्लेख गर्नुभएको छ शेर्पा समुदायमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । ग्याल्पो ल्होसारका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728