काठमाडौं चैत्र १५ , नेवार समुदायले आज पाहाँचर्हे पर्व मनाइरहेका छन् । आज बिहान विभिन्न शक्ति–पीठहरुमा पूजा गरेका नेवार समुदायले साँझ भष्मासुरको डरले लुकेर बसेका महादेवलाई पूजा गरी पाहाँचर्हे मनाउने गर्छन् । साँझ घरघरमा खाल्डोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गरिन्छ । यस पर्वमा घर घरमा विभिन्न परम्परागत परिकार बनाइ खाने गरिन्छ । गएराति मध्यरातमा कामपा वडा न१९ एिस्थत कंकेश्वरीदेवीलगायतका विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा रहिआएको छ ।