शुक्रबार, चैत्र १७, २०७९

अव एक वर्षभित्रै संविधान: प्रवक्ता बडू

 काठमाडौँ चैत १६, नेपाल प्रेस युनियन काठमाडौँद्वारा नेपाल पत्रकार महासङ्घ काठमाडौँ, ललितपुर र भक्तपुरको अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा पार्षद्को सम्मानमा आयोजित सम्मान कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रवक्ता दिलेन्द्रप्रसाद बडूले एक वर्षभित्रै संविधान बन्ने

Pra _R (1)

Pra _R

Pra _R (2)

वातावरण तयार भएको बताउनुभएको छ । संविधान निर्माणकालागि प्रमुख दलबीच सहमति भई संविधानसभामा समितिहरुको गठन र विगतको संविधानसभाले गरेको कामको स्वामित्व ग्रहण गर्ने प्रस्ताव संविधानसभाबाट पारित भएपछि एक वर्षभित्रै संविधान बन्ने वातावरण तयार भएको बताउनुभएको हो ।

सम्मान कार्यक्रममा सभासद् एवम् काठमाडौँ काँग्रेसका सभापति भीमसेनदास प्रधानले एक वर्षभित्र संविधान बनाउन सञ्चार माध्यमको पनि ठूलो भूमिका रहने भन्दै यसको लागि आवश्यक सहयोग गर्न सञ्चारमाध्यमहरुले आआफ्नो क्षेत्रबाट हरसंभव प्रयास गर्नु पर्ने बताउँनु भएको थियो ।
त्यस्तै गरि कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरही, युनियनका केन्द्रीय अध्यक्ष किरणकुमार पोखरेल, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडी, महासङ्घका पूर्व महासचिव पोषण केसी, युनियनका महासचिव शिव लम्साललगायतले शुभकामना मन्त्व्य सहित विद्यमान सञ्चार क्षेत्रका समस्या र चुनौतीबारे खुलासा गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728