मङ्लबार, अशोज १६, २०८०

अब फुटेर होइन, जुटेर काम गर्ने समय आएको छः प्र.म कोइराला

 नेपालगन्ज चैत १५,   प्रधानमन्त्री सुशील कोइरालाले मुलुकको नेपालगन्ज उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक विकासका लागि लगानीको वातावरण निर्माणमा सबै पक्ष जुट्नुपर्नेमा जोड दिनुभएको छ । त्यस्तै प्रधानमन्त्री कोइरालाले वर्तमान सरकारको Sushil-koirala2प्राथमिकता संविधान निर्माण भए पनि आर्थिक विकासलाई पनि सँगै अगाडि बढाइने छ भन्दै मुलुकको शान्ति र अमनचैनलाई खलल पु¥याउने काम कतैबाट भएन भने विकासको पूर्वाधार निर्माणमा मुलुकले चाँडै ठूलो फड्को मार्ने विश्वास व्यक्त गर्दै उहाँले अब फुटेर होइन जुटेर काम गर्ने समय आएको बताउनुभयो ।

प्रधानमन्त्री कोइरालाले भन्नुभयो– “संविधान निर्माणका लागि नमिलेका कुरा दलीय सहमतिमा मिलाइने छ, सहमति भएन भने प्रक्रियामा लगेर पारित हुन्छ, तर संविधान निर्माणको गतिलाई कसैले रोक्न सक्दैन ।” उद्योग व्यवसायलाई मुलुकभरि विस्तार गर्न आवश्यक पूर्वाधार निर्माणका लागि सरकार गम्भीर रहेको बताउँदै उहाँले जलस्रोतको अधिकतम उपयोगबाट मुलुकलाई समुन्नत राष्ट्र बनाउन सबै क्षेत्रबाट सरकारलाई सहयोग हुनुपर्नेमा पनि जोड दिनुभयो । 

त्यस अवसरमा प्रधानमन्त्री कोइरालालाई सङ्घका तर्फबाट अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले ध्यानाकर्षणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728