शुक्रबार, बैशाख १४, २०८१

सहिद स्मारक ए डिभिजन लिगमा मनाङलाइ हराउँदै थ्रिस्टार दोस्रो वरियाताक्रममा

 काठमाडौँ माघ २५, राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा फ्रेण्ड्स क्लबले ब्वाइज footballयुनियन क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको छ भने  दोस्रो खेल अन्र्तगत थ्रिस्टार क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै २४ अङ्कका साथ लिगको दोस्रो स्थानमा उक्लेको छ । आजको पराजयका वावजुद पनि मनाङ मस्र्याङ्दी क्वलको २६ अंक सहित लिगको वरियाताक्रममा पहिलो स्थानमा छ ।

 त्यस्तै प्रतियोगिताको पहिलो चरणको समाप्तिसँगै मनाङ मस्र्याङ्दी क्लब, थ्रिस्टार क्लब, नेपाल प्रहरी क्लब, सङ्कटा क्लब, मच्छिन्द्र क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) ले सुपर सिक्सको यात्रा तय गरेका छन् । साथै हिमालयन शेर्पा क्लब, सरस्वती युवा क्लब, त्रिभुवन आर्मी क्लब, जाउलाखेल युथ क्लब र फ्रेण्ड्स क्लब प्रतियोगिताबाट बाहिरिएका छन् भने ब्वाइज युनियन क्लब र रानीपोखरी कर्नर टिम (आरसिटी) रेलिगेसनमा परेका छन् । शीर्ष ६ टिम सहभागी सुपर लिग भने माघ २८ गते मंगलबारदेखि सुरु हुनेछ ।