शुक्रबार, चैत्र १६, २०८०

सहिद स्मारक ए डिभिजन लिगको उपाधि मनाङको कब्जामा

 काठमाडौँ फागुन १४, यस वर्षको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले पाउँने भएका छन । आज भएको ball  (1)नेपाल प्रहरी क्लबसंगको खेल २–० गोलअन्तरले जित्दै मनाङले लिग फुटबल प्रतियोगिताको उपाधि आफ्नो पक्षमा निश्चित गरेको हो । यस अघि मनाङले २०६२ सालमा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि हासिल गरेको थियो । उपाधिसँगै मनाङले रु ७५ लाख पाउँने छन ।