मङ्लबार, बैशाख ४, २०८१

सहमति कार्यान्वयन नभएको भन्दै डा.केसी फेरि अनसनमा

काठमाडौं माघ २५, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर गोविन्द केसीले आजबाट अनसन सुरु गरेको छन । downloadयसअघि डिन प्रकरणमा सरकारसंग भएको सहमति कार्यान्वयन नभएको भन्दै केसी फेरि अनसन सुरु गरेको हो ।

सरकारले माग पूरा गर्ने आश्वासनमा आफूले दुईहप्ता अघि अनसन तोडेपनि त्यस अनुसार काम नभएपछि आफू फेरि अनसन थाल्न बाध्य भएको आज अनसन बस्नुअघि आयोजित पत्रकार सम्मेलनमा उहाँले बताउँनु भएको छ । त्यस्तै डा केसीले यसपटक चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा नयाँ डिन नियुक्ती गर्नुपर्ने र त्रिविका पदाधिकारीलाई कारबाही गर्नुपर्ने अगाडि सार्नु भएको छ । त्रिविले यसअघि नियुक्त गरेका डिन डाक्टर शशि शर्मालाई केसीको अनसनले बर्खास्तीका लागि बाध्य बनाएको थियो ।