शुक्रबार, चैत्र १६, २०८०

सरकार गठनलाई तत्काल पूर्णता दिन एमाओवादीको आग्रह

 काठमाडौँ फागुन ३, एमाओवादीले तत्काल सरकार गठनको प्रक्रियालाई पूर्णता दिन नेपाली काँग्रेस र एमालेलाई आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालय downloadपेरिसडाँडामा आज आयोजित नियमित प्रवक्ता–सञ्चारकर्मी भेटवार्ताको क्रममा पार्टी प्रवक्ता दीनानाथ शर्माले सरकार गठन गर्न काँग्रेस र एमाले असफल भए त्यसका लागि आफ्नो पार्टी तयार रहेको बताउँनु भएको छ।

संविधानसभा निर्वाचन सम्पन्न भएको तीन महिना पूरा हुन लाग्दासमेत सरकार गठन प्रक्रियाले पूर्णता पाउन नसक्दा एक वर्षभित्र संविधान निर्माण गर्ने दलहरुको प्रतिबद्धतामा खिया लाग्न लागेको भन्दै एमाओवादीले प्रमुख दुई ठूला दलले मुलुकलाई निकास दिन नसकेको हो भने एमाओवादी तयार तयार रहेको बताउँनु भएको हो ।  त्यस्तै काँग्रेस र एमाले यस्तै चाला रहिरहने हो भने निर्वाचनको क्रममा जनताका सामु गरेको प्रतिबद्धताअनुसार एक वर्षभित्र संविधान निर्माण नहुने आशङ्का देखिन सिर्जना हुन थालेको बताए ।