बिहिबार, बैशाख १३, २०८१

सरकारसँगको ६ वुँदे सहमतिपछि डाक्टर केसीले अनसन तोडे

काठमाडौं फागुन ३,सरकारसँग ६ वुँदे सहमति गर्दै गत शनिबारदेखि आमरण अनसनमा बसेका शिक्षण अस्पताल महाराजगञ्जका प्राडा गोविन्द केसीले gd kcअनसनको आठौं दिन आज आफ्नो अनसन तोडेका छन् । यो प्राध्यापक केसीको चौंथोपटकको अनसन हो । सरकारी टोलीले हिजो चिकित्साशास्त्र अध्ययन संस्थानका आन्दोलनरत चिकित्सकसँग वार्ता गरेर ६ बुँदे सहमति गरेको हो । मुख्यसचिव, शिक्षा सचिव र चिकित्सक संघ अध्यक्षको उपस्थितिमा तीन मेडिकल बिद्यार्थीले जुस खुवाएर केसीको अनसन तोडाएका हुन् । संस्थानमा डिन नियुक्तिलगायत बिषयमा यसअघि १४ दिन अनसन बसेका केसीले सरकारले माग पूरा गर्न ध्यान नदिएको भन्दै अघिल्लो शनिबारदेखि पुनः अनसन थालेका हुन् ।

केसीको अनसन तोड्नुअघि सरकार र आन्दोलनरत चिकित्सकहरुबीच त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले चार मेडिकल कलेजलाई सम्वन्धन दिन लागेका विषयमा छानबीन गर्न अख्तियारलाई निर्देशन दिने सहमति भएको छ । त्रिविले मनमोहन, पिपल्स डेन्टल, नेशनल र नेपाल पुलिसको मेडिकल कलेजलाई सम्वन्ध दिन लागेको थियो । यस्तै चिकित्सकहरुको र केसीको मागअनुसार चिकित्साशास्त्र अध्ययन संस्थानलाई स्वायत्त बनाउन २१ दिनभित्र त्रिभुवन विश्वविद्यालयको सभा बोलाउने सहमति पनि भएको छ ।