बिहिबार, बैशाख ६, २०८१

सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी अध्यादेश व्यवस्थापिका संसदमा: प्रवक्ता

 काठमाडौँ फागुन ५, सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा स्थानीय विकास मन्त्रालयका सहप्रवक्ता नारायणप्रसाद पाण्डेले विगत केहि समय यता देखि बाग्लुङ र बाँके लगायतका जिल्लाहरुमा वितरण हुँन नसकेको सामाजिक सुरक्षा भत्ता वितरण पुनः सञ्चालन suchana mantarlayeगरिएको बताउँनु भएको छ ।

त्यस्तै शान्ति तथा पुनःनिर्माण मन्त्रालयका प्रवक्ता विनोद केसीले बेपत्ता भएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश व्यवस्थापिका– संसदमा टेबुल गरिएको जानकारी दिनु भएको उक्त अन्र्तक्रियामा चालु शैक्षिक सत्रका लागि जनक शिक्षा सामग्री केन्द्रले छापेको एक करोड चार लाख ४० हजार पाठ्यपुस्तक कर्णाली अञ्चलका विभिन्न जिल्ला र हिमालपारिका मनाङ र मुस्ताङमा लैजाने क्रम सुरु भइसकेको शिक्षा मन्त्रालयका सञ्चार मिडिया प्रतिनिधि सरस्वती पोखरेलले बताउँनु भएको छ ।