मङ्लबार, बैशाख ४, २०८१

सत्ताको दुरूपयोगका लागि काँग्रेस र एमालेवीच गृहमन्त्रालय बाँडफाँडमा हानथाप भएको अध्यक्ष थापाको आरोप

पोखरा फागुन ११, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले लामो समय सत्ता हत्याउने र दुरूपयोग गर्ने कुत्सित मनसायले काँग्रेस र एमालेवीच kamal thapa 1गृहमन्त्रालय बाँडफाँडमा हानथाप भएको आरोप लगाउँदै गृहमन्त्रालयको विवादका कारण प्रधानमन्त्री नियुक्त भएको दुई हप्ता पुग्न लाग्दा पनि सरकारले पूर्णता पाउन नसकेकामा चिन्ता व्यक्त गर्नुभएको छ ।

राप्रपा नेपाल कास्कीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष थापाले चिन्ता सहितको यस्तो आरोप लगाउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । समाचारमा अध्यक्ष थापाले विधि, नियम र कानुनअनुसार चल्ने हो भने कुनै पनि मन्त्रालय ठूलो सानो नभएको बताउँदै प्रसतुत हानाथाप केवल विधिको शासनलाइ उपेक्षा गर्दै पार्टीगत स्वार्थको प्रयागे गर्न काँग्रेस र नेकपा एमालेवीच गृहमन्त्राल प्राप्तीको जुहारी चलेको बताए ।