शनिबार, बैशाख ८, २०८१

सडक सुरक्षाबारे सचेतनाका अभिवृद्धिका लागि साइकल-याली

 काठमाडौँ माघ २५, सडक सुरक्षाबारे जनचेतना जगाउने उद्देश्यले विश्व साइकल यात्री प्रतिष्ठानको संयोजनमा आज काठमाडौँमा साइकल -यालीको आयोजना nrn-cycle6गरिएको छ । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आयोजना गरेको -यालीमा विश्व साइकल यात्री पुस्कर साहको नेतृत्वमा नेपाल प्रहरीसहित आधा दर्जनभन्दा बढी गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको -यालीको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सडक दुर्घटनाबाट नेपालमा बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको भन्दै सडक दुर्घटना न्यूनीकरणका लागि सबैको साझा भूमिका हुनुपर्ने खाँचो औँल्याउनुभयो । सुरक्षित सडक–सुरक्षित आप्रवासन’ नाम दिइएको उक्त -याली वसन्तपुर दरबार क्षेत्रबाट सुरु भई भद्र्रकाली, सहिदगेट, त्रिपुरेश्वर, थापाथली, पुल्चोक हुँदै स्टाफ कलेज जावलाखेलमा पुगी समापन भएको थियो ।

 उहाँले काठमाडौँमा सबैभन्दा बढी साइकल यात्री र पैदल यात्री दुर्घटनामा पर्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै साइकल यात्री र पैदल यात्रीहरुमा विशेष सुरक्षा चेतना अभिवृद्धि गर्न जरुरी भएको बताउँनुभएको छ ।