शुक्रबार, बैशाख ७, २०८१

संसद्को कार्यसञ्चालन नियमावली मस्यौदा तयार

bicc काठमाडौँ फागुन ११, संविधानसभा÷व्यवस्थापिका–संसद् नियमावली मस्यौदा समितिले व्यवस्थापिका–संसद् कार्यसञ्चालन नियमावलीलाई अन्तिम रुप दिएको छ । समितिको शनिवार बसेको बैठकले व्यवस्थापिका–संसद्सम्बन्धी नियमावलीलाई सर्वसम्मतिले अन्तिम रुप दिएको हो । प्राप्त समाचारमा उल्लेख भएअनुसार संविधानसभासम्बन्धी नियमावलीलाई थप प्रभाकारी बनाउँन   प्रस्तावित नियमावलीमा २६ मन्त्रालयका कामकारबाहीलाई हेर्ने गरी विभिन्न १३ विषयगत समिति बनाउने सुझाव दिइएको उल्लेख छ । गत  फागुन १ गतेदेखि १० दिनभित्र संविधानसभा (व्यवस्थापिका–संसद्को कार्यसञ्चालन) नियमावली बनाउने गरी तोकिएको समितिको समयावधि शनिवार  समाप्त भएकाले थप सात दिनका लागि म्याद थप गर्न आग्रह गरिएको छ ।  दुई साताअघि संविधानसभाको बैठकले ४९ सदस्यीय मस्यौदा समिति गठन गरेको थियो । 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31