बिहिबार, बैशाख १३, २०८१

व्यावसायिक प्रयोजनका लागि फागुन २५ देखि निलो रङ्गको सिलिन्डर

  काठमाडौ फागुन १६, नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि अनिवार्यरूपमा निलो रङ्गको ग्यासको सिलिन्डर प्रयोग गर्न आग्रह गरेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्यालले आज आफ्नै कार्यकक्षमा आयोजना गरेको पत्रकार सम्मेलनमा फागुन २५ गतेदेखि व्यावसायिक gas silndarप्रयोजनका लागि निलो रङ्गको सिलिन्डर अनिवार्य प्रयोगमा ल्याउँनका लागि यस्तो आग्रह गर्नु भएको हो ।
त्यस्तै उहाँले यदि व्यावसायिक प्रयोजनका लागि निलो रङ्गको सिलिन्डर अनिवार्य गरिने र निलो सिलिन्डर प्रयोग भए नभएको कडाइका साथ अनुगमनसमेत गरिने बताउँदै अनुगमनको क्रममा व्यावसायिक प्रयोजनको क्रममा निलो सिलिन्डर प्रयोग नगर्ने व्यावसायिक प्रतिष्ठान र सरोकारवाला उपर कारवाही गरिने बताउँनु भएको छ ।

ग्यासमा भएको घाटालाई न्यूनीकरण गर्न रातो रङ्गको सिलिन्डरघरायसी प्रयोजनका लागि अनुदानको मूल्यमा बेच्ने र निलो रङ्गको सिलिन्डरलाई जति मूल्यमा किनेको हो त्यही मूल्यमा बेच्नका लागिसमेत निगमले यस किसिमको तयारी गरेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31