बिहिबार, बैशाख १३, २०८१

विवाद र विमतिका वीच पत्रकार महासंघको जिल्ला अधिवेशन खुल्ला,काठमाडौं उपत्यका भित्रका तीन जिल्लाका शाखा अधिवेशन चैत ८ गते

 काठमाडौँ माघ२४, नेपाल पत्रकार महासङ्घको विहिवार सम्पन्न बैठकले महासंघको आगामी २४ औँ महाधिवेशन प्रयोजनार्थ जिल्ला शाखा तथा प्रतिष्ठान fng logo 1शाखाको अधिवेशन आह्वान गरेको छ । जसअनुसार फागुन १७ गते पश्चिमाञ्चल विकास क्षेत्रका सबै जिल्ला शाखा, फागुन १९ गते सबै प्रतिष्ठान शाखा, फागुन २१ गते मध्यमाञ्चल ९उपत्यकाबाहेक० का सबै जिल्ला शाखा, फागनु २५ गते पूर्वाञ्चल विकास क्षेत्रअन्तर्गतका सबै जिल्ला शाखा, फागुन २८ गते मध्यपश्चिमाञ्चल विकास क्षेत्रका सबै जिल्ला शाखा, चैत ४ गते सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका जिल्ला शाखा र चैत ८ गते काठमाडौं उपत्यका भित्रका तीन जिल्लाका शाखा अधिवेशन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सदस्यता विवाद सिर्जना भएको जिल्ला तथा शाखामा विवाद समाधान गर्न केन्द्रीय सदस्य मोहन चापागाईको संयोजकत्वमा केन्द्रीय सदस्यहरू राजेश मिश्र, रुद्र भट्ट र प्रभात चलाउने सदस्य रहेको कार्यदल गठन गरेको महासङ्घले जनाएको छ । त्यस्तै बैठकले वरिष्ठ पत्रकार सम्मान वृत्ति, प्रेस स्वतन्त्रता सेनानी, उमा सिंह पत्रकारिता पुरस्कार छनौट गर्न उपाध्यक्ष यशोदा तिम्सिनाको संयोजकत्वमा महासचिव र सचिव सदस्य रहेको समिति गठन गरेको छ ।

बैठकले महासङ्घको सचिवालयमा विगत १७ वर्षदेखि सेवारत कार्यालय सहयोगी ९प्रथम श्रेणी० भोजराज घिमिरे ९टीका० लाई महासङ्घ स्थापना दिवसका अवसरमा दीर्घसेवा सम्मान दिइने निर्णय पनि गरेको छ ।