बिहिबार, बैशाख ६, २०८१

विधानसभाको अध्यक्षमा राप्रपा नेपालले पनि एमालेको उम्मेदवार नेम्वाङलाइ सघाउने

 काठमाडौँ फागुन ५, नेकपा एमालेले आज संविधानसभा भवन नयाँ बानेश्वरमा अपराह्न आयोजना गरेको सर्वदलीय बैठकमा भोलि  हुँने विधानसभाको biccअध्यक्षको निर्वाचनमा नेकपा एमालेको तफबाट उम्मेदवार बन्नु भएका सुवास नेम्वाङलाई राप्रपा नेपाल लगायतका साना दलले पनि समर्थन गर्ने सहमति कायम गरेको छ । उम्मेदवार नेम्वाङलाइ यसअघि नेपाली काँग्रेस र नेकपाएमालेबीच भएको ७ बुँदे सहमति अनुरुप काग्रेसको संसदीय दलको बैठकले यस अघिनै सघाउने नितिगत निर्णय गरिसकेको छ । 

 सर्वदलिय बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले संचारकर्मीसंग संक्षिप्त कुरागर्दै सवैदलको सहमतिमा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई समर्थन रहेकाले नेम्वाङ नै विधानसभाको अध्यक्ष हुने ठोकुवा गर्नुभएको छ ।