शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ काँग्रेसको तर्फबाट सरकारमा जाने मन्त्रीहरुको मापदण्ड

 काठमाडौं माघ २२,  नेपाली कांग्रेसको मंगलवार बसेको केन्द्रीय समितिको बैठकले सरकार गठनको लागि एमालेलगायतका अन्य राजनीतिक दलसंग छलफल बढाउँनने निति तय गरेको छ ।  छलफलमा अधिकतम सहमतिको सरकार बनाउने प्रयोजनका लागि कांग्रेस सबै दल र स्वतन्त्र सभासदसंग तत्काल BP_smriti_bhawan_Nepali_congressसंवाद थाल्ने निर्णय गर्दै सोको जिम्मेवारी पार्टी सभापति कोईरालालई दिएको छ ।

त्यस्तै भावी सरकारमा पार्टीका मन्त्रीहरुको छनौट गर्न मापदण्ड समेत काँग्रेसले तय गरेको छ । यसरी मन्त्री छनौट गर्दा लामो समयदेखि योगदान पुर्‍याएका, जातीय, क्षेत्रीय सन्तुलन, समावेशी प्रतिनिधित्व, क्षमता र स्वच्छ छविु को आधारमा मन्त्रीको छनौट हुने मापदण्ड तय गरेको निर्णयमा उल्लेख गथरिएको छ ।

  त्यसैगरि बैठकले निकट भविष्यमा नै स्थानीय निकायको निर्वाचन हुने भएकाले पनि गृहमन्त्रालय प्रधानमन्त्रीसंगै हुनुपर्ने भन्दै एकबर्षभित्र संविधान जारी गर्ने र ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोर्‍याउदै त्यसका लागि कम्तिमा दुई तिहाईको सरकार बन्नुपर्ने निचोड निकालेको हो । 

बैठकमा उपसभापति रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु रामशरण महत, अर्जुननरसिंह के।सी, महेश आचार्य, नरहरि आचार्य, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, आनन्दप्रसाद ढुंगाना, भिष्मराज आङ्दम्बेदीपक गिरी, गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, कृष्णचन्द्र नेपालीलगायत २४ जनाले धारणा राखेका थिए । धारणा राख्ने सवैजसो सदस्यहरुले कांग्रेसले सरकारको नेतृत्व लिदा तत्काल प्रभाव पार्ने खालका कार्यक्रम अहिल्यै तयार पार्न समेत जोड दिएका थिए ।