शुक्रबार, चैत्र १६, २०८०

मेलम्ची आयोजनाको सुरुङ पूरा गर्न रु दुई अर्ब ऋण

 काठमाडौँ फागुन १, एसियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण पूरा गर्न सरकारलाई अतिरिक्त वित्तीय सहयोगअन्तर्गत करिब रु adb1दुई अर्ब ४५ करोड ऋण प्रदान गर्ने भएको छ । काठमाडौं उपत्यकाको खानेपानीको अभाव अन्त्य गर्न बैंकले अतिरिक्त वित्तीय सहायता उपलब्ध गराउने निर्णय गरेको  उक्त बैंकको देशीय कार्यालयले आज जनाएको छ । 

छ वर्षअघि उक्त बैंकले मेलम्चीका लागि लगानी पुनःसंरचना गरी रु एक खर्ब ३४ करोड २६ लाख ऋण स्वीकृत गरेकामा राजनीतिक अस्थिरता तथा निर्माणकर्ता कम्पनीले समयमै काम नगरेपछि आयोजनाको लागत बढेको छ । त्यसबेला उक्त आयोजनाको लागत रु ३१ अर्ब ६ करोड ६० लाख अनुमान गरिएकामा अब त्यसको लागत बढेर रु ३४ अर्ब ७९ करोड पुगेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारले उक्त आयोजनामा रु एक अर्ब २८ करोड ३८ लाख लगानी गरेको छ ।