शुक्रबार, चैत्र १६, २०८०

माघ २५ र २६ मा प्रधानमन्त्री निर्वाचनका लागि उम्मेदवारी दर्ता

 काठमाडौ माघ २३, बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि माघ २७ गते हुने प्रधानमन्त्री निर्वाचनका लागि माघ २५ र २६ गते ब्यवस्थापिका संसदमा उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको छ । त्यस्ते निर्वाचनको लागि निर्वाचन अधिकृत समेत तोकिएका संसदका महासचिव मनोहर प्रसाद भट्टराईले sansadhबताउँनु भएको छ ।

संसद सचिवालयका अनुसार प्रधानमन्त्री पदका आकाक्षिले प्रस्तावक र समर्थक सहित माघ २५ र २६ गते कार्यालय समय भित्र उम्मेद्वारीको सूचना दर्ता गराउनु पर्छ । निर्वाचन अधिकृतले २६ गते अपरान्ह साढे ५ बजे उम्मेद्वारहरुको सूची प्रकाशित गर्नेछन् । प्रकाशित निर्वाचन कार्यक्रम अनुसार माघ २७ गते उम्म्वारी प्रस्तावहरुमा सदनमा सामुहिक छलफल गरी एकैसाथ निर्णयार्थ प्रस्तुत गरिने बुझिएको छ ।