शनिबार, बैशाख ८, २०८१

महन्त नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न सर्वोच्चको आदेश

 काठमाडौँ माघ २४ ,सर्वोच्च अदालतले जनकपुरको जानकी मन्दिरमा नयाँ महन्त नियुक्ति गर्ने गुठी संस्थानको निर्णयसम्बन्धी प्रक्रियालाई यथास्थितिमा adalatन्यायाधीश तर्कराज भट्टको एकल इजलासले अदालतले अर्को आदेश नआएसम्मका लागि महन्थ नियुक्तिलाई यथास्थानमा राख्न आज अन्तरकालीन अन्तरिम आदेश दिएको छ ।  

परम्पराबमोजिमको सोह्रौँ पुस्ताको महन्तलाई हटाई कानुनविपरीत गुठी संस्थानले यही माघ १७ गते धनुषा निवासी जगदीशदास वैष्णवलाई नयाँ महन्तमा नियुक्ति गरेकाले सो नियुक्तिलगायत कामकारबाही बदर गर्न माग गर्दै गत मंगलवार पूर्वमहन्त नवलकिशोर साहले सो रिट दायर गर्नुभएको थियो ।त्यस्तै अदालतले आगामी फागुन ९ गते निवेदनका पक्ष विपक्षलाई अन्तरिम आदेशको निरन्तरता दिनुपर्ने वा नपर्ने विषयमा छलफलका लागि बोलाएको छ ।