बिहिबार, बैशाख १३, २०८१

मनकामना केबुलकारका संचालक तथा उद्योगी श्रेष्ठको निधन

काठमाडौं फागुण २ , नेपालको एकमात्र मनकामना केबुलकारका संचालक तथा उद्योगी व्यवसायी लक्ष्मणबावु श्रेष्ठको ७७ वर्षको उमेरमा बिहीबार राति निधन  भएको छ । एक वर्ष देखि मृगौला रोगबाट पीडित श्रेष्ठको भारतको मेदान्त अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि दुई साता अघि भारत प्रस्थान गरेका उनको उपचारकै क्रममा विहिबार राति  निधन भएको बताईएको छ ।  पारिवारिक स्रोतका अनुसार श्रेष्ठको पार्थिक शरीरलाई भोलि शनिबार विहान काठमाडौ ल्याएर पशुपति आर्यघाटमा अन्तिष्टि गर्ने बताइएको छ । श्रेष्ठका तीन छोरा र एक छोरी रहेका छन् ।