बिहिबार, बैशाख १३, २०८१

मजफो (लोकतान्त्रिक) संसदीय दलका नेतामा गच्छदार

 काठमाडौँ फागुन १, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) को संसदीय दलका नेतामा विजयकुमार गच्छदार चयन हुनुभएको छ । फोरम bg4(लोकतान्त्रिक) संसदीय दलको आज बसेको बैठकले संसदीय दलको विधानबमोजिम पार्टी अध्यक्ष तथा सभासद् गच्छदारलाई संसदीय दलका नेतामा सर्वसम्मतिले निर्वाचित गरेको मजफो (लोकतान्त्रिक)  द्दारा जारी विज्ञप्तिमा जनाएको छ ।

अध्यक्षको सबल तथा गतिशील नेतृत्वमा संसदीय दलले आफ्नो तात्कालिक कार्यभार प्रभावकारी र सफलतासाथ पूरा गर्ने कुरामा संसदीय दलले विश्वास व्यक्त गर्दै उहाँको पूर्ण सफल कार्यकालको सफलताको कामना गरेको पार्टीका महासचिव एवम् सभासद् जितेन्द्रनारायण देवद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।