शुक्रबार, बैशाख १४, २०८१

प्रम कोइराला र अध्यक्ष दाहालबीच विशेष भेटवार्ता

 काठमाडौँ फागुन ३, प्रधानमन्त्री सुशील कोइराला र एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्द्रबीच आज साँझ मुलुकको समसामयिक susil & prachandaराजनीतिक विषयमा छलफल भएको छ । करिब ४० मिनेट भएको छलफलमा संविधान लेखन, पछिल्लो राजनीतिक अस्थिरतालगायत विषयमा कुराकानी भएको बुझिएको छ । छलफलपछि दुवै नेताले कुनै प्रतिक्रिया दिनुभएन ।

यद्यपि प्रधानमन्त्रीको निजी सचिवालयले दिएको जानकारीअनुसार सरकारको पूर्णता र एकवर्षभित्रै संविधान निर्माण कार्यलाई पूर्णता दिने विषयमा छलफल भएको बताईएको छ। तर नेपाली काँग्रेस र नेकपा(एमाले)बीच गृह मन्त्रालयका भागवण्डाको प्रसंगलाई लिएर चुलिएको विवाद चरमअवस्थामा रहेको समयमा भएको यो भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ