बिहिबार, बैशाख १३, २०८१

प्रधानमन्त्री निर्वाचनको मनोनयन प्रक्रिया सुरू, काँग्रेस र एमालेले लगे मनोनयन फाराम

 काठमाडौँ माघ २५, व्यवस्थापिका–संसद्ले यही माघ २७ गते हुने प्रधानमन्त्रीको निर्वाचनको लागि मनोययनको प्रक्रिया प्रारम्भ भएपछि आज साँझसम्म नेपाली काँग्रेस र नेकपा (एमाले) का एक एक सभासद्ले मनोनयन फाराम लगेको संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार काँग्रेसका आनन्दप्रसाद ढुङ्गाना र एमालेका रामवीर मानन्धरले आज अपराह्न मनोनयनको फाराम लगेपनि साँझ ५ बजेसम्म कसैको पनि मनोनयन दर्ता नभएको बताउँदै आइतबार साँझ ५ बजे मनोनयनका लागि अन्तिम समय रहेको जनाएको छ ।