शुक्रबार, बैशाख १४, २०८१

प्रधानमन्त्रीको चुनावमा उपस्थित हुन कांग्रेस सभासदलाइ ह्वीप

काठमाडौं माघ २२, नेपाली काँग्रेस आज बसेको संसदीय दलको पहिलो बैठकले माघ २७ गते व्यवस्थापिका–संसदमा हुने प्रधानमन्त्री निर्वाचनमा अनिवार्य Congress-flagउपस्थित हुन आफ्ना सभासद्लाई निर्देशन दिएको छ । त्यस्तै बैठकमा सरकार गठन एवम् केन्द्रीय समितिको निर्णय लगायतका बिषय पनि सभासद्लाई जानकारी गराइएको थियो । संसदीय दलको नेता चयन भएपनि अन्य दलमा जस्तै काँग्रेसमा पनि प्रमुख सचेतक, सचेतक चयन हुन बाँकी छ । सरकार गठनका लागि गृहकार्यमा व्यस्त भएकाले संसदीय दलका अन्य पदाधिकारीबारे छलफल हुन सकेको छैन ।