शुक्रबार, चैत्र १६, २०८०

पद बहाली गदै गृहमन्त्री गौतमले दिए पाँचबुँदे निर्देशन

काठमाडौँ फागुन १४, तेस्रो पटक उपप्रधानमन्त्री र गृहमन्त्री हुनुभएका नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले मंगलवार साँझ गृह 7bamdaveमन्त्रालयमा पदबहाली गर्दै सर्वसाधारणलाई शान्ति, सुरक्षा र अमनचयनको पूर्णप्रत्याभूति दिनेलगायत पाँचबुँदे निर्देशन दिनुभएको छ । उहाँले विद्यमान गुन्डागर्दी र दादागिरीलाई कानुनबमोजिम नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरी सर्वसाधारणलाई शान्ति, सुरक्षा र अमनचयनको पूर्णप्रत्याभूति प्रदान गर्ने निर्देशन दिनुभएको छ । त्यस्तै निर्देशन दिने क्रममा राजधानीभित्रका फुटपाथ कब्जा गरी व्यापार व्यवसाय गरिरहेका व्यापारीलाई वैकल्पिक व्यवस्था गर्दै सडक यातायातलाई व्यवस्थित गर्ने तथा भ्रष्टाचारजन्य कार्यमा शून्यसहनशीलता अपनाई जनतामा प्रवाह गरिने सेवालाई भरपर्दो, गुणस्तरीय र प्रभावकारी बनाउन आफ्ना मातहतका सबै निकायमार्फत नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । 

मुलुकका सुशासन कायम गर्दै एक वर्षभित्र जनअपेक्षा मुताबिकको नयाँ संविधान जारी गर्ने वातावरण निर्माण गर्नमा पनि आफ्नो भूमिका हुने बताउँदै त्यसमा सहयोग गर्न कर्मचारी र सुरक्षा निकायलाई आग्रह गर्नुभएको थियो ।