बिहिबार, बैशाख १३, २०८१

पत्रकारद्वय अधिकारी र बस्नेतलाई केसिसी पत्रकारिता सम्मान

 काठमाडौ फागुन १४, नेपाली पत्रकारिता क्षेत्रमा व्यावसायिक अभ्यासमा लाग्दै देश र जनताको सेवामा विशेष योगदान पु¥याएबापत कान्तिपुर सिटी 1939741_663747283684126_1087324676_nकलेजद्वारा स्थापित केसिसी पत्रकारिता सम्मान–२०७० पत्रकारद्वय धु्रवहरि अधिकारी र बबिता बस्नेतलाई प्रदान गरिएको छ ।

राजधानीमा हिजो आयोजित एक समारोहमा जनही रु २५ हजार नगद र सम्मानपत्रसहितको सो पुरस्कार उहाँहरूलाई प्रदान गरिएको हो । कलेजले पहिलोपटक क्रियाशील पत्रकारलाई सम्मान गर्ने उद्देश्यले पत्रकारद्वय अधिकारी र बस्नेतलाई सो पुरस्कार प्रदान गरेको जनाएको छ।