शुक्रबार, बैशाख ७, २०८१

नवनियुक्त प्रधानमन्त्रीद्वारा लिए पद तथा गोपनीयताको शपथ, आजै पदभार ग्रहण

 काठमाडौँ माघ २८, राष्ट्रपति डा रामवरण यादवले नवनियुक्त प्रधानमन्त्री सुशील कोइरालालाई राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । शपथग्रहण समारोहमा उपराष्ट्रपति परमानन्द झा, कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद  शर्मा र विधानसभाध्यक्ष सूर्यबहादुर थापा, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, डा बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्द लगायत मन्त्रिपरिषद्का निवर्तमान अध्यक्ष खिलराज रेग्मी, पूर्वमन्त्रीहरू, सभासद्हरू, नेपाली काँग्रेसका उपसभापति, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारीहरू, कूटनीतिक नियोगका प्रमुखहरू, सरकारी उच्च पदस्थ अधिकारीहरू, सेना तथा प्रहरीका प्रमुख तथा पदाधिकारीहरू, वरिष्ठ पत्रकारहरू, विभिन्न राजनीतिक दलका प्रमुखहरू पनि उपस्थित हुनुहुन्थ्यो ।

 यसै समारोहमा नवनियुक्त प्रधानमन्त्री कोइरालाले नवनियुक्त मन्त्री डा रामशरण महतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । यसैबीच सिंहदरबास्थित कार्यालय पुगेर नव नियुक्त प्रधानमन्त्री सुशील कोइरालाले पदभार ग्रहण गरेका छन् । कार्यालय जानु अघि सहिद मञ्च पुगेर सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेका उनलाई मुख्य सचिव लिलामणी पौडेललले प्रधानमन्त्री कार्यालयमा स्वागत गरे । पहिलो निर्णयको रुपमा प्रधानमन्त्री कोइरालाले  ५ हजार भन्दा बढी भुक्तानी दिनु पर्दा तीन दिन वेवसाईटमा सार्वजनिक गरेपछि मात्रै दिनुपर्ने निर्णयमा हस्ताक्षर गरेका छन्   प्रधानमन्त्री हुनु अघि नै कोइरालाले सुशासनको प्रतिबद्धता जनाएका थिए । उनले एक बर्षभित्र संबिधान घोषणा गर्ने र ६ महिनाभित्र स्थानीय निर्वाचन गराउने प्रतिबद्धता जनाउँनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31