शुक्रबार, चैत्र १६, २०८०

जनताले परिवर्तनको महसुस गर्ने गरी काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ फागुन १४, नवनियुक्त सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले मंगलवार साँझ सूचना तथा सञ्चार मन्त्रालयमा पदबहाली गर्दै मन्त्रालयका rijalकर्मचारी तथा मातहतका निकायका प्रमुखलाई जनताले परिवर्तनको महसुस गर्ने गरी इमान्दारीपूर्वक काम गर्न निर्देशन दिनुभएको छ । मन्त्री रिजालले पदबहाली गर्दै “राम्रो काम गर्नेप्रति आफू सदैव उदार रहने छु, तर कसैले नराम्रो गर्न खोज्छ भने म त्यत्तिकै कठोर हुन हुँने बताउँदै हुलाक सेवालाई नवीनतम प्रविधिसँग जोडेर अगाडि ल्याउने दिशामा विभिन्न पक्षबाट विकास र विस्तारका लागि खोजी गरिने बताउँनु भएको थियो नवनियुक्त मन्त्री रिजाललाई मन्त्रालयका सचिव लगायतका वरिष्ठ अधिकारी विभाग, संस्थान र समितिका प्रमुख पदाधिकारीहरुको उपस्थितीमा स्वागत गरिएको थियो ।