बिहिबार, बैशाख १३, २०८१

गैरपत्रकारहरुलाई सदस्यता वितरण गर्दै महासंघ कब्जा गर्ने नियतप्रति यूनियनको घोर आपत्ति

प्रेस यूनियनको काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकले जिल्ला अधिवेशन खोल्यो,

पत्रकारमहासंघ नेतृत्वले गरेको अव्यवसायीक तथा अलोकतान्त्रिक गतिविधि विरुद्ध

आन्दोलनका लागि  कार्यदल गठन

काठमाडौँ माघ १८, लोकतन्त्रवादी पत्रकारहरुको एकमात्र साझा संस्था नेपाल प्रेस यूनियनको काठमाडौंमा जारी केन्द्रीय समितिकोको बैठकले केन्द्रीय Press-union-ko-logoमहाधिवेशनको तयारीका लागि जिल्ला अधिवेशनको खुला गरेको छ । आगामी माघ २५ गते देखि अधिवेशन खोल्दै फागुन १० गतेभित्र सकाउन आफ्ना जिल्ला तथा प्रतिष्ठान शाखाहरुलाई निर्देशन गरेको हो। फागुन १० गतेभित्र अधिवशेन सकाएपछि केन्द्रीय महाधिवेशनको मिति तय हुने यूनियनले जनाएको छ ।
साथै नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघमा सदस्यता वितरणमा महासंघ नेतृत्वले गरेको जालसाजी, कीर्ते, फर्जी तथा गैरपत्रकारहरुलाई सदस्यता वितरण गरि महासंघ कब्जा गर्ने नियतप्रति यूनियनले घोर आपत्ति जनाउँदै महासंघ नेतृत्वले गरेको अव्यवसायीक तथा अलोकतान्त्रिक गतिविधिलाई पर्दाफास गर्दै विचार मिल्ने पत्रकारहरुको संस्थाहरुसँग सहकार्य गर्दै आन्दोलनका कार्यक्रमहरु समेत तय गर्न यूनियनका वरिष्ठ उपाध्यक्ष बद्रि सिग्देलको संयोजकत्वमा ५ सदस्यीय कार्यदल समेत गठन गरेको छ। कार्यदलमा पत्रकारहरु पोषण केसी, जगत नेपाल, सन्तोष न्यौपाने, इश्वरी ओझा र अजयबाबु शिवाकोटी रहनुभएको यूनियनले जनाएको छ। यूनियनको वैठक माघ १९ गते जारी रहनेछ।