शुक्रबार, बैशाख १४, २०८१

कार्यकर्ता रिहाई गर्न माओवादीकोे माग

 काठमाडौँ फागुन ११, नेकपा–माओवादीले युद्धकालीन मुद्दाहरू ब्युँताएर आफ्ना राज्य समिति सदस्य सत्यनारायण महतोलाइ प्रहरीले महोत्तरीमा पक्राउ गरेकोमा आपत्ती प्रकट गर्दै  शीघ्र रिहाईको माग गरेको छ । 

माओवादी प्रवक्ता पम्फा भुसालले आज एक विज्ञप्ति जारी गर्दै बृहत् शान्ति सम्झौता विपरीत युद्धकालीन मुद्दाहरू नचलाउने र सत्य निरूपण तथा मेलमिलाप आयोग बनाउने नीति विपरीत वर्तमान सरकारले महतोलाई शनिबार गिरफ्तार गरी महोत्तरी प्रहरी कार्यालयमा राखेको जनाउँदै सरकारले विस्तृत शान्ति सम्झौता भङ्ग गरी मुलुकलाई पुनः द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लगाएको छ ।