बिहिबार, बैशाख ६, २०८१

कस्तो विडम्बना भारतमा चुनाव हारेका व्यक्ति नेपालमा सभासद्

उनलाई पार्टी अध्यक्ष महन्थ ठाकुरकै चाहनामा सभासद् बनाइए

 काठमाडौंँ फागुन ११, भारतको नगरपरिषद् चुनाव हारेका केदारनन्दन चौधरी नेपालको सभासद् बनेका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीले चौधरीलाई समानुपातिकबाट दोस्रो संविधानसभामा सभासद् बनाएको समाचार आजको नयाँ पत्रिका दैनिकले भुवन शर्माको वाईलाइनमा समाचार छापेको छ । । सन् image२००४ मा भारतमा भएको स्थानीय चुनावमा चौधरीले गाजियवाद जिल्लाको खोना मकानपुर नगरपरिषद् चुनावमा उम्मेदवारी दिएका थिए । चुनावमा उनी पराजित भएका थिए । भारतको नगरपरिषद्मा उम्मेदवारी दिएको १० वर्षपछि चौधरी एकैचोटि नेपालको व्यवस्थापिका–संसद्मा भित्रिएका छन् । सन् २००८ मा गरिएको दोस्रो स्थानीय चुनावमा केदारनन्दनकी कान्छी श्रीमती मीरा चौधरीले सोही नगरपरिषद्मा महिला कोटाबाट उम्मेदवारी दिएर जितेकी थिइन् । सभासद् चौधरीको घर अहिले पनि खोना मकानपुर नगरपरिषद्को खोहरा कोलनीमा रहेको स्रोतले बतायो । चौधरीकी श्रीमती मीरा अहिले पनि उतै बस्छिन् । गाजियावाद भारतको राजधानी नयाँदिल्लीनजिकै पर्छ ।

भारतमा रासनकार्डका लागि त्यहाँको बासिन्दा भएको प्रमाण पेस गर्नुपर्छ । यसका लागि स्थानीय निकायले सिफारिस गर्नुपर्ने हुन्छ । दैनिक उपभोग्य सामानहरू सहुलियत मूल्यमा खरिद गर्न प्रयोग हुने रासनकार्ड निकै महत्त्वपूर्ण कागजात हो । यसैका आधारमा मतदाता नामावलीमा नाम राखिनुका साथै भोटरकार्ड वितरण गरिन्छ । भोटरकार्ड भनेको नागरिकताजस्तै हो । भोटरकार्ड भएकाले चुनाव पनि लड्न पाउँछन् । सभासद् चौधरीका निकट व्यक्तिहरूका अनुसार उनीसँग अहिले पनि भारतको रासनकार्ड छ । भारतको रासनकार्ड हुने व्यक्तिले नेपालको नागरिकता लिन पाउँदैन । नेपालको नागरिकता पाउन रासनकार्ड त्यागेर मात्र हुँदैन, कानुनअनुसार नेपालमा स्थायी बसोबास गरेको प्रमाण पेस गर्नुपर्छ । भारतीय रासनकार्ड रहेका व्यक्तिलाई सभासद् बनाइएको भन्दै तमलोपामा विवादसमेत भएको छ । उनलाई अध्यक्ष महन्थ ठाकुरकै चाहनामा सभासद् बनाइएको तमलोपा स्रोतले बतायो । स्रोतका अनुसार संविधानसभा चुनावमा चौधरीले सर्लाही–६ बाट उम्मेदवारी दिएका पार्टी अध्यक्ष ठाकुरलाई निकै सहयोग गरेका थिए । ‘उहाँ ९चौधरी०ले भारतको स्थानीय चुनावमा उम्मेदवारी दिएर पराजित भएको पत्ता लागेको छ । उहाँसँग अझै पनि भारतको रासनकार्ड रहेको छ,’ तमलोपाका एक पदाधिकारीले नयाँ पत्रिकासँग भने, ‘यो दुर्भाग्य हो ।’ चौधरीको घर सर्लाहीको अचलीगढ गाविसमा पनि छ । सो घरमा उनकी जेठी श्रीमती बस्छिन् । जेठी श्रीमतीको नागरिकता नेपाली छ । स्रोतका अनुसार संविधानसभामा समानुपातिकमा मनोनीत हुनु केही दिन पहिले मात्र चौधरीले गाजियावादमा रहेकी कान्छी श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए । ‘तर, त्यो सम्बन्धविच्छेद कानुनी रूपमा देखाउन मात्र गरिएको हो,’ तमलोपा स्रोतले भन्यो, ‘उनी अहिले पनि भारतमा कान्छी श्रीमतीसँगै बस्ने गर्छन् ।’ हाल पनि सभासद् चौधरी गाजियावादमै रहेको र केही दिनपछि मात्र नेपाल आउने तमलोपा स्रोतले बतायो । उनीनिकट व्यक्तिले भने, ‘समानुपातिकमा सभासद् हुुनुभन्दा पहिले चौधरी बढी समय भारतमै बस्ने गरेका थिए ।

सभासद् भएयता धेरैजसो काठमाडांै र सर्लाहीमा बस्ने गरेका छन् ।’ सर्लाही क्षेत्र नम्बर ६ का तमलोपाका केही नेताहरूले सभासद् चौधरीको दोहोरो नागरिकताबारे केन्द्रमा मुद्दा उठाउने तयारी गरेका छन् । स्रोतका अनुसार चौधरीले खोना मकानपुर नगरपरिषद्मा चुनाव हारेपछि त्यहीँ ठेक्कापट्टाको काम गर्न सुरु गरेका थिए । त्यसमा उनलाई राम्रो आम्दानी भएको थियो । त्यहाँको आम्दानीले उनले नेपालको स्थानीय राजनीतिमा प्रभाव जमाउन खोजेको तमलोपाका एक केन्द्रीय सदस्यले बताए । चुनावमा सहयोग गर्ने आश्वासन दिएपछि तमलोपाले चौधरीलाई समानुपातिकमा नाम सिफारिस गरेको थियो । ‘उहाँ (चौधरी)लाई हाम्रो पार्टी अध्यक्षज्यूले कसरी समानुपातिकमा नाम चयन गर्नुभयो,’ त्यो बुझ्न सकिएन,’ तमलोपाका अर्का एक केन्द्रीय सदस्यले भने । नयाँ पत्रिका

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31