शुक्रबार, चैत्र १६, २०८०

ऐतिहासिक सफलता प्राप्त :गृहमन्त्री घिमिरे

 काठमाडौँ माघ २८, गृहमन्त्री माधव घिमिरेले राजनीतिक अस्थिरता र अन्योलताको कहालीलाग्दो अवस्थालाई चिर्न सहज वातावरणमा संविधानसभाको images (5)निर्वाचन सम्पन्न गराई सबल राजनीतिक रूपान्तरण गर्न वर्तमान सरकारले ऐतिहासिक सफलता प्राप्त गरेको बताउनुभएको छ । गृह मन्त्रालयद्वारा उहाँको सम्मानमा आज आयोजित बिदाई कार्यक्रममा गृहमन्त्री घिमिरेले वर्तमान सरकारले जननिर्वाचित सरकारलाई सबल राजनीतिक परिस्थिति हस्तान्तरण गर्दैछ, जुन गौरवको विषय हो भन्नुभयो । त्यस्तै उहाँले विशेष उद्देश्यका लागि लागि गठन भएको वर्तमान सरकारले विशेष रुपमै काम सम्पन्न गरेको छ जुन कामलाई भावीपुस्ताले मूल्याङ्कन गर्ने आशा व्यक्त गर्नु भएको थियो ।