बिहिबार, चैत्र १५, २०८०

ए डिभिजन लिग फुटबलमा नेपाल प्रहरीद्दारा सशस्त्र पराजित

 काठमाडौँ माघ २४ , राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल प्रहरीले सशस्त्र प्रहरी लाई २–० गोलअन्तरले पराजित गरेको छ । आजको जितसंगै नेपाल प्रहरी २२ अङ्कका साथ लिगको लिग वरियाताक्रमको दोस्रो स्थानमा उक्लिन सफल भएको footballछ । 

त्यस्तै आजको अर्को खेलमा  जावलाखेल युथ क्लबलाई हराँउदै मच्छिन्द्र क्लब सुपर सिक्समा प्रवेश गरेको छ । पहिलो चरणको अन्तिम खेलमा मच्छिन्द्रले जावलाखेललाई १–० ले पराजित गरेको थियो ।१३ टिमले सहभागिता जनाएको प्रस्तुत प्रतियोगितामा आरसीटी र ब्वाइज युनियन क्लब रेलिगेसनमा परेका छन् । भोलिका खेलहरुमा फ्रेण्ड्स क्लव र ब्वाईज युनीयन तथा मनाङ मस्र्याग्दी क्लव र थ्रिस्टार क्लव भिड्दैछन् ।