मङ्लबार, बैशाख ११, २०८१

एन प्याब्सन काठमाडौँ अध्यक्षमा न्यौपाने

 काठमाडौंँ माघ २०, राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसियसन नेपाल काठमाडौँको शनिबार सम्पन्न पाँचौँ अधिवेशनले सुवास न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । निर्विरोधन निर्वाचित सो कार्यसमितिका प्रथम उपाध्यक्षमा सिपी आचार्य, द्वितीय उपाध्यक्षमा नारायण कर्मा कार्की, सचिवमा विष्णुप्रसाद पराजुली, सहसचिवमा रुद्रमणि सुवेदी, कोषाध्यक्षमा खड्ग बस्नेत र सहकोषाध्यक्षमा पुष्करराज नेपाल रहेका छन । 

त्यस्तै सदस्यमा भीष्म पाण्डे, राजु लामा कुन्दन, श्याम योञ्जन, श्रीबहादुर कार्की, नीता श्रेष्ठ, नेत्र न्यौपाने, अमृत खड्का, वासुदेव भट्ट, डिएन महतो, अमर तिमिल्सेना, बालकुमार गुरुङ, भीष्म ढकाल, शीतल राणा र होमबहादुर अधिकारी निर्वाचित हुनुभएको छ ।