शनिबार, बैशाख ८, २०८१

उपभोक्ता ठग्ने कालाव्यापारीहरुलाइ कारबाही गर्ने सरकारको तयारी

 काठमाडौँ फागुन २, कृत्रिम मूल्य वृद्धि गरि उपभोक्ता ठग्ने काला व्यापारीहरुलाई सरकारले कडा कारबाही गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मूल्य वृद्धि नियन्त्रण अनुगमन समितिको बैठकले कानुनविपरीत काम गर्ने जो कोहीलाई कारबाही गर्न सरकारले प्रभावकारी कदम prashashanचाल्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले कृत्रिम मूल्य वृद्धि गर्ने, कालोबजारी गर्ने, कृत्रिम अभाव देखाउन सामान लुकाउने, आपसमा मिलोमतो गरी मूल्य तोक्ने, बजारको स्वाभाविक प्रतिस्पर्धालाई कुण्ठित गर्ने व्यापारीलाई कडाभन्दा कडा कारबाही गर्न नियामक निकायलाई निर्देशन दिदै बिचौलियालाई निरुत्साहित गर्न, ढुवानीका साधनमा ढुवानी भाडा कार्टेल गर्न नदिन, सबै बिक्रीस्थलमा अनिवार्यरुपमा मूल्य सूची टाँस गर्न लगाउन, प्रत्येक पैठारीकर्ता र उत्पादकले लेवलमा अनिवार्यरुपमा अधिकतम् मूल्य लेख्नु पर्ने प्रावधानलाई कडाइ पूर्वक लागू गर्न निर्देशन दिएको छ ।

त्यस्तै बैठकमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव माधव रेग्मीले बजार अनुगमनलाई तीव्र पारिएको बताउँदै कानुनविपरीत काम गर्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।  बैठकमा साल्ट टे«डिङ कर्पोरेसनका सहायक महाप्रबन्धक ओमसिद्धि गुभाजु, गुणस्तर तथा नापतौल विभागका महानिर्देशक रामआधार साह, औषधि व्यवस्था विभागका महानिर्देशक गजेन्द्रबहादुर भुजु, खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका निमित्त महानिर्देशक विनयप्रसाद श्रेष्ठ, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक नारायण बिडारी, भन्सार विभागका महानिर्देशक सूर्यप्रसाद आचार्यलगायतले जनतालाई सेवा प्रदान गर्ने काममा कुनै पनि कसुर नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।