शनिबार, बैशाख ८, २०८१

आरसीटी र ब्वाइज युनियन क्लव रेलिगेशनमा

ball  (1) काठमाडौं माघ १९, राजधानीमा  जारी सहिद स्मारक ए डिभिजन लिग फुटवल प्रतियोगितामा पूर्व लिग विजेता दुई क्लव आरसीटी र ब्वाइज युनियन क्लव रेलिगेशनमा परेका छन् । १३ टिम सहभागी प्रस्तुत प्रतियोगिताको पुछारमा पर्ने दुई टिम रेलिगेशनमा पर्ने नियमानुसार समान ४ अंकका आरसीटी र ब्वाइज युनियन बी डिभिजनमा झरेका हुन् । जावलाखेल युथ क्लवसंग १-० ले पराजित भएसंगै आरसीटी एक खेल खेल्न बाँकी छँदै रेलिगेशनमा परेको हो ।