बिहिबार, चैत्र १५, २०८०

आज सेना दिवस, टुँडिखेलमा विशेष समारोहको आयोजना हुँदै

 काठमाडौँ फागुन १५, गौरवमय इतिहास र परम्परा बोकेको नेपाली सेनाले विविध कार्यक्रम सहित आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा विशेषसेना दिवस Rmi-logoमनाउँदैछ । सैनिक मुख्यालय जङ्गी अड्डाको आयोजना हुने आजको विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति डा रामवरण यादव प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको छ । यस क्रममा सैनिक मञ्च टुँडिखेलमा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको नेपाली सेनाले जनाएको छ ।