बुधबार, बैशाख १२, २०८१

आजबाट श्रीस्वस्थानी व्रत समापन हुँदै

salinadi melaकाठमाडौ फागुन २, आज भन्दा एक महिना अगाडि सुरु भएको अर्थाथ पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीस्वस्थानी व्रत आज सकिंदै छ । एक महिना लामो स्वस्थानी व्रतको अन्तिम दिन आज विशेष पूजा–अर्चना गर्दै स्वस्थानी व्रतको समापन गरिंदै छ । एक सय आठ सुपारी, पान, फूल, रोटी, ल्वाङ, अक्षता आदि पूजा सामग्रीले स्वस्थानी माताको पूजा गरी व्रतको समापन गर्ने परम्परा छ । यसै अवसरमा काठमाडौंको साँखुस्थित शाली नदी तथा देशका विभिन्न नदी किनारहरुमा महिनाभर व्रतालुको भीड लाग्यो । शाली नदीलगायतका पवित्र नदीमा व्रत विर्सजन गर्ने र घरमा गई जाग्रम बस्ने गरिन्छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमाको दिनदेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना श्रीस्वस्थानीको पूजा–आराधना गर्ने, कथा सुन्ने र सुनाउने गरिन्छ ।