शुक्रबार, चैत्र १६, २०८०

आगामी वैशाख १८ गते एमाओवादीले राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौँ माघ १८, एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी वैशाख १८ गते विशेष राष्ट्रिय सम्मेलन गर्ने निणय गरेको छ । मे दिवसका अवसरमा राष्ट्रिय सम्मेलन आयोजन गर्ने निर्णय गरेको एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभएको हो । UCPN_Maoist_Head_Office_Paris_Danda1त्यस्तै आजको बैठकले विधिवतरुपमा संसदीय दलका नेतामा पाटी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्द र पार्टी प्रवक्तामा दीनानाथ शर्मालाई चयन गरेको छ । संसदीय दलको नेता चयन गरिए पनि उपनेता र प्रमुख सचेतक भने टुङ्गो लगाएको छैन ।

छलफलपछि ती पद टुङ्गो लगाउने एमाओवादीले जनाएको छ । यसैवीच पटक पटकको बैठक र छलफल पछि गरेको एमाओवादीले पार्टी अध्यक्ष दाहालले प्रस्तुत गरेको ‘संविधानसभाको निर्वाचन २०७० पार्टी निर्माणको ऐतिहासिक आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन नेता बाबुराम भट्टराईले एघारबुँदे र अर्का नेता नारायणकाजी श्रेष्ठले नौबुँदे सुझाव सुझावसहित पारित गरेको छ ।

त्यस्तैगरि बैठकले छरिएर रहेको कम्युनिस्ट घटकवीच पार्टी एकतालगायतका विषयलाई प्रभावकारी रूपमा अगाडि बढाउने निर्णय सहित नेता डा भट्टराईलाई स्कुलिङ तथा प्रकाशन विभागको जिम्मा दिएको छ भने अन्तर्राष्ट्रिय विभागमा नेता श्रेष्ठलाई तोकको छ । सङ्गठन विभागमा नेता पोष्टबहादुर बोगटीलाई जिम्मा दिइएको छ भने उत्पादन तथा निर्माण विभागको जिम्मा अध्यक्ष दाहालले नै लिनुभएको छ । शिक्षा विभागको जिम्मा भने नेता सापकोटालाई दिइएको छ ।