शुक्रबार, बैशाख १४, २०८१

आइतबार साँझ देखिमात्र मौसम सफा हुने

 काठमाडौ फागुन २, बसन्तको सुरुवात भईसक्दा पनि राजधानी लगायत देशैभरको मौसममा पश्चिमी वायुको प्रभावले बदली भई मौसममा आएको परिवर्तन  आइतबार साँझदेखि सुधार हुँने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागरबाट उच्च वायुमण्डल न्यून चापीय क्षेत्र बन्दै गएको र त्यो पश्चिमी भेगबाट मध्यभेग हुँदै पूर्वी भेगतर्फ सर्दै जाने क्रम चलिरहेको मौसममा एकाएक परिवर्तन भएको मौसमविद् सुभाष रिमालले जानकारी दिएका छन । 

त्यस्तै पश्चिमी क्षेत्रका जुम्ला र डडेल्धुरामा करिब ४ मिमि र मध्य भागको भैरहवामा ६ मिमि वर्षा भएको तथा पूर्वतिर वर्षाको प्रभाव नरहेको महाशाखाको अभिलेख छ । महाशाखाका मौसमविद् रिमालले मौसममा सुधार वायुमण्डलमा न्यून चापीय क्षेत्र सर्दै जाने तीव्रतामा निर्भर गर्ने भए पनि आइतबारदेखि देशभरको मौसम सफा हुँदै जाने सङ्केत देखिएको जानकारी दिँदै काठमाडौँ उपत्यकामा शनिबार छिटफुट वर्षा हुने सम्भावना रहेको बताउनुभयो ।rss