काठमाडौँ माघ २४ ,नेकपा–माओवादीसहित ३३ दलीय मोर्चाको आज माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको मोर्चाको बैठकले संविधानसभा बाहिरबाटै जनताकोे पक्षमा संविधान बनाउन दबाब दिने भएको छ । त्यस्तै मोर्चाको बैठकले संविधानसभाले जनमुखी संविधान दिन नसक्ने ठहर गर्दै जनपक्षीय संविधान बनाउनका लागि दबाब दिन आन्दोलनको तयारीमा लाग्ने र आन्दोलनको ठोस कार्यक्रम तय गर्ने निर्णय गरेको छ ।