मङ्लबार, अशोज १६, २०८०

सहमतीय सरकार गठनको लागि कांग्रेसको आह्वानमा अहिले नयाँबानेश्वरमा सर्वदलीय बैठक बस्दै

 काठमाडौं माघ १८, काँग्रेसले आफ्नो नेतत्वमा सहमतीय सरकार गठनको लागि आज दोस्रो पटक संविधानसभामा रहेका दलहरूको सर्वदलीय बैठक आह्वान गरेको छ । आजको बैठकमा सभापति सुशील कोइरालाले आफ्नो दलको नेतृत्वमा बन्ने सरकारलाई सहयोग र समर्थन गर्न आग्रह गर्नुहुने बुझिएको छ ।  आजको Congress-flagबैठकको आह्वानका विषयमा काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद वडुले ठूलो दलको पनि हैसियतले काँग्रेसको नेतृत्वमा सहमतीय सरकार गठनका लागि समर्थन गर्न दलहरूलाई औपचारिक आग्रह एवम् सहमतिको लागि अनुरोध गरिने बताउँदै राष्ट्रपतिले सहमतीय सरकार गठनका दिएको समयसिमाभित्र सकारात्मक प्रगतिको लागि पहल गरिने बताउँनु भएको छ । 

दिउँसो २ बजेबाट नयाँबानेश्वरमा बस्ने बैठकमा कांग्रेसले सकेसम्म सबैको सहभागिता र नभए समर्थनसहितको सरकार बनाउन पहल गर्ने भएको छ ।राष्ट्रपति डा। रामवरण यादवले सहमतीय सरकार गठनका लागि भोलिसम्मको समयसीमा दिएका छन् यसवीचमा सहमतीय सरकार गठन हुन नसके बहुमतीय सरकार गठनका लागि आह्वान हुनेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31