शुक्रबार, अशोज ५, २०८०

सभासद जोशीद्दारा क्षेत्रीय मतदाता भेटवार्ताका लागि सम्पर्क कार्यालय स्थापना

 काठमाडौँ फागुन ८, नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम काठमाडौं क्षेत्र न८बाट निर्वाचित सभासद नविन्द्रराज जोशीले निर्वाचनको समयमा अभिव्यक्त IMG_6319प्रतिवद्धताको सहज कार्यान्वयनका लागि आफ्ना मतदातासंग घनिभूत साक्षात्कार गर्ने लक्ष्य सहित सभासद सम्पर्क कार्यालय स्थापना गरेका छन । कामपा वडा.न. १९ स्थित आफ्नै निवासमा स्थापना गरिएको सम्पर्क कार्यालयको आज एक कार्यक्रमकावीच सुभारम्भ गर्दै सभासद जोशीले आफ्ना क्षेत्रीय मतदातासंग परामर्सका लागि यस किसिमको पहल सुरु गरिएको बताउँनु भएको छ ।
त्यस्तै उहाँले सम्पर्क कार्यालयबाट क्षेत्रगत रुपमा रहेको मतदाताहरुको तत्काल सम्बोधन गर्नुपर्ने मौलिक तथा आधारभूत समस्याको सम्बोधनका लागि आफु प्रतिवद्ध रहेको बताउँनु भएको छ ।  सम्पर्क कार्यालय सुभारम्भ कार्यक्रममा स्थानीय सहीद निगुर्ण स्थापितका आमा मैया स्थापितलाइ पनि सम्मान गरिएको थियो । फोटो सौजन्य: किरण श्रेष्ठ