काठमाडौँ फागुन ६, संविधानसभाका अध्यक्षमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार रहेका एमाले नेता सुवासचन्द्र नेम्वाङ निर्विरोध निर्वाचित हुनुभएको छ । केही बेरअघि सम्पन्न संविधानसभाको बैठकमा नेम्वाङको एक मात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले उहाँ सो पदमा निर्विरोध निर्वाचित हुनुभएको बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले घोषणा गर्नुभएको संविधानसभा भवनमा रहनु भएका हाम्रा सहकर्मीले जनाएको छ ।