आइतवार, जेष्ठ १४, २०८०

सत्ताको खेलमा नलाग्न एमालेलाई चार दलको सुझाव

काठमाडौँ माघ २९, एमाले संसदीय दलको कार्यालयमा नेकपा एमाले र नेकपा माले, नेकपा संयुक्त, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा वीच भएको chitra b.bamdaveछलफलमा सहभागि दलहरुले नेकपा एमालेलाई सत्ताको खेलमा नलागी एक वर्षभित्र संविधान निर्माण गर्ने प्रतिबद्धतालाई पूरा गर्न नेकपा एमालेलाई सुझाव दिएका छन् ।

आज भएको छलफलमा ति दलहरुले अघिल्लो संविधानसभा संविधान निर्माण नगरिकन विघटन भएको भन्दै सत्ताको खेललाई दोस्रो प्राथमिकतामा राख्न समेत उनीहरूले ध्यानाकर्षण गराउँनुको अलावा सरकार गठनको विषयमा नेपाली काँग्रेससँग भएको सहमति के हो, सो सहमति कार्यान्वयमा काँग्रेस बाधक भएको हो वा एमाले नै त्यसमा तयार नभएको हो भन्दै उनीहरूले एमालेको धारणा जान्न चाहेका थिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताको भागबन्डामा नलाग्न आफूहरूले सुझाव दिएको बताएका छन । त्यस्तै   आफूहरूले गराएको ध्यानाकर्षणको जवाफमा एमाले नेतृत्वले काँग्रेस सहमतिबाट पछाडि हटेका कारण समस्या उत्पन्न भएको भन्दै दुई दलका बीच भएको सहमतिअनुसार अगाडि बढ्नुपर्ने र गृह मन्त्रालयलगायतका महत्वपूर्ण मन्त्रालयको बाँडफाँड शक्ति सन्तुलनको आधारमा हुनुपर्ने धारणा राखेको अध्यक्ष केसीले बताउनुभयो ।

यस्तै एमालेका उपाध्यक्ष वामदेव गौतमले पूर्व सहमति कार्यान्वयन गर्न काँग्रेस तयार नभए आफ्नो पार्टी सरकारमा नजाने विषयमा चार राजनीतिक दललाई जानकारी गराइएको बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31